इलाम : जिल्लाको सूर्योदय नगरपालिकाको चौथो नगरसभा विभिन्न निर्णय गर्दै मंगलबार सम्पन्न भएको छ ।
आइतबार प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले उद्घाटन गरेको सभाले महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो । नगरसभाले बिभिन्न विषयगत समितीहरु चयन गरेको छ ।
नगरसभाले चयन गरेको समितीहरुमा अर्थ तथा सामाजिक लेखा समिति, उक्त समितिको सदस्यहरुमा वडा नम्बर १२ का वडा अध्यक्ष डोलेन्द्र भार्द्वज, वडा नम्बर ७ का वडा अध्यक्ष लेखनाथ खड्का, नरमाया सुब्बा र सुरेन्द्र गोले रहेका छन् ।
यता विधायन समितिमा वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, डिल्ली आचार्य, वीरबहादुर भुजेल, बिमला बिसुङ्खे र तेजबहादुर खड्का रहेका छन् । सामाजिक समितिमा सिताराम रेग्मी, सबिना श्रेष्ठ, चन्द्रकला परियार र भोगेन्द्र कार्की रहेका छन् ।
यस्तै सुशासन तथा स्थानीय सेवा समितिमा ललिता नेपाल, अनिल लिम्बू, टीका पोख्रेल र जयकुमार राईलाई चयन गरिएको छ । कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक स्रोत समितिमा वडा नम्बर १० का वडा अध्यक्ष पेमा उगेन लामा, रमेश पाण्डे अमृत पाण्डे र बल बहादुर समाल मगरलाई चयन गरिएको छ ।
सार्वजनिक सम्पतिको अभिलेखिकरण गर्ने समिती समेत नगरसभाले गठन गरेको छ । उक्त समितिमा वडा नम्बर ६ का वडा अध्यक्ष शिवकुमार बस्नेत तथा वडा नम्बर १ का अध्यक्ष राजकुमार सेरेङ, डालीमाया कार्की, उदय लावती र सचेन राई चयन भएका छन् ।
नगरप्रमुख रणबहादुर राईको अध्यक्षमा बसेको चौथो नगरसभाले अरु पनि महत्त्वपूर्ण निर्णयहरु गरेको छ । प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रमबाट पारीत सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गरिएको तथा आइतबार प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले औपचारिक रुपमा घोषणा गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिदैं सो घोषणा पारित गरेको छ ।
यसैबीच नगरसभाले सूर्योदय नगरपालिकाको नारा समेत तय गरेको छ । पारित गरिएको नारा ‘सूर्योदय नगरपालिकाको समृद्वता पाङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समान्ता’ रहेको प्रवक्ता वीरबहादुर लेप्चाले जानकारी दिए ।
नगरसभाले अन्तुपोखरी वरिपरि २० मिटर क्षेत्र भित्र कुनै भौतिक सम्रचना निर्माण गर्न नपाउने निर्णय पारित गरेको छ । यस्तै नगरसभाले सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को स्वीकृत आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५ संसोधनका लागि प्रताव पारित गरेको छ । आव २०७४/७५ मा बनेको सूर्योदय नगरपालिकाको सहकारी ऐन २०७४ लाई खारेज गरि सूर्योदय नगरपालिकाको विधेयक २०७५ सामान्य संसोधन सहित पारित गरेको छ ।
यस्तै सूर्योदय नगरपालिकाको न्यायिक समिति कार्यबिधी ऐन २०७४ को दफा ५९ “क” बमोजिम न्यायिक समितिद्वारा तयार गरिएको मेलमिलाप कर्ताको सुचि समेत नगरसभाले पारित गरेको छ । नगर प्रमुख राईको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख दुर्गा देवि भट्टराई, सबै वडाका वडा अध्यक्ष कार्यपालिका सद्स्य तथा वडा सद्स्यहरुको नगरसभा सदस्यको रुपमा सहभागीता रहेको थियो ।