प्रतिनिधिसभाको बैठक अवरुद्ध

  नयाँ बुलन्द
0 Shares

 

news

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठक पनि अवरुद्ध भइ स्थगन भएको छ ।

बैठक सुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वास–प्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत् सन्चालन हुने निर्णय भएको जानकारी संसदमा नआएसम्म बैठक चल्न नसक्ने बताएका थिए ।

सांसद सिंहले प्रा. डा. गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिएका थिए ।

सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारबाही अघि बढाउन लाग्दा कांग्रेस सांसदले रोष्ट्रम घेराउ गरेका थिए ।

यसपछि, सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार