आइसीयुबाट बाहिर डा.केसी

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : स्वास्थ्य अवस्था जटिल नै रहेपनि डा केसीकै चाहना अनुसार आइसीयुबाट बाहिर निकालिएको चिकित्सकहरुले बताएका छन ।

डा. केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या भएको भन्दै आपूmलाई आइसीयुबाट निकाल्न माग गरेपछि आज जनरल वार्डको ५०२ नम्बर वेडमा सारिएको हो ।

जनरल वार्डमा सारिएपछि पत्रकारहरुसँग कुरा गर्दै डा. केसीले आपूmसंग गरेको सम्झौता अक्षरसः कार्यान्वयन भएपछि मात्रै अनसन तोड्ने बताए ।

१५औं पटकको अनशनका क्रममा आपूmसंग गरेको सहमसति विपरित प्रधानमन्त्री केपी शर्माले नै विधेयक ल्याएर कालो धनलाई सेतो बनाउन खोजेको समेत डा. केसीले आरोप लगाए ।

द्वन्द्वकालका जघन्य अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारवाही हुनु पर्ने भन्दै उनले त्यसका लागि पनि आपूm लड्ने बताए ।

चिकित्सा शिक्षा सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका डा केसीको १५औं पटकको अनसनका क्रममा गरिएको सम्झौता विपरित सरकारले विधेयक संसदमा पेश गरेपछि उनले १२ दिन अघि इलामबाट आमरण अनसन शुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार