उपाधि सृजनाहाङ स्याब्रुम्बालाई

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सम्पन्न फूटबल प्रतियोगिताको उपाधि सृजनाहाङ युवा समूह कुम्मायक-५ स्याब्रुम्बाले हात पारेको छ ।

शनिबार भएको फाइलनमा त्रिवेणी युवा क्लव नेपाललाई २-० गोलले पाराजित गर्दै स्याब्रुम्बाले उपाधि जितेको हो ।

स्याब्रुम्बाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।  जितका लागि लोकेन्द्र थापा र सुमन चेम्जोङले एक एक गोल गरेका थिए ।

जितसँगै स्याब्रुम्बाले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो । त्रिवेणीले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो ।

कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ती) को अवसरमा सिर्जनशील सामुदायिक विकास क्लव फाल्गुनन्द-७ ले प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार