माङसेबुङलाई पर्यटकीय गन्तव्य बनाउन सरकार प्रतिवद्ध : मन्त्री कुसियैत (भिडियो/फोटोफिचर)

  नयाँ बुलन्द
0 Shares

इलामको माङसेबुङमा शनिबार आयोजित सावयेहाङ खिवेक्वा याक्वा सेवा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत ।

इलाम : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले माङसेबुङलाई प्रदेश १ को धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै मन्त्री कुसियैतल माङसेबुङलाई प्रदेशकै उत्कृष्ठ पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

प्रचार प्रसारलाई प्राथमिकता दिएर बढि भन्दा बढि पर्यटक भित्र्याउन सके आर्थिकस्तर समेत उकास्न सकिने बताउँदै मन्त्री कुसियैतले पर्यटकीय क्षेत्रको विकास गर्न तीनै तहका सरकारबीच साझेदारी आवश्यक रहेको बताए ।

‘धेरै सम्भावना बोकेको यस क्षेत्रलाई विकास गर्न सके यहाँको जनताको आर्थिक जीवनस्तर उकास्न सकिन्छ’ मन्त्री कुसियैतले भने, ‘त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच साझेदारी हुन आवश्यक छ ।’ मन्त्री कुसियैतले प्रदेशका धार्मिक पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको विकासका लागि प्रदेश सरकारले लगानी गर्न कुनै कञ्स्याई नगरिने प्रतिवद्धता जनाए ।

आशिर्वचन दिदैं किरात धर्मगुरु आतमानन्दख लिङदेन ।

कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले आर्शिवचन दिदैं सबै झक्तजनलाई शान्तिको पक्षमा लाग्न आग्रह गरे । खिवेक्वा पर्वलाई विशेष महत्व दिएर मनाइने भएको र आत्मा शुद्ध भएर सबैलाई शान्तिको पक्षमा लाग्न लिङदेनले आग्रह गरे ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष तथा आयोजक समितिका सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले मन्तव्य राखेका थिए ।

कार्यक्रम अन्तरगत किरातीहरुले प्रत्येक वर्ष मनाउँदै आएको पर्वमा आइतबार किरात धर्मगुरु आत्मानन्द लिङदेनले धर्मावलम्बीहरुलाई सत्बीज (माङवाहाङवा) वितरण गर्ने कार्यक्रम रहेको छ । किरातीहरुले जग्गा जमिन खनजोत गर्नुअघि पृथ्वीको पुजा आराधना गर्ने गर्दछन् ।

यसअघि बिहिबार मेक्वा खोलामा गालीश्राप वहन्ती गरिएको थियो । पिता पुर्खाको गाली श्राप नलागोस भनेर यो कर्म गरिन्छ । शुक्रबार विश्व शान्ति र मानव एकताका लागि पुजा गरिएको थियो ।

कार्यक्रममा अमेरीका, बेलायत, हङकङ, भुटान, दार्जिलिङ, सिक्कीमलगायत नेपालका विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु माङसेबुङ आएका छन् ।

प्रकृति पूजक किरात समुदायले विशेष पर्वको रुपमा मनाईने सावयेहाङ खिवेक्वा याक्वा सेवा देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

लिम्बू जातिको साँस्कृतिक बाजा च्याब्रुङ नाच (केलाङ) प्रस्तुत गरिदैं । 

 

तस्वीर सौजन्य : गणेश घिमिरे

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार