फाल्गुनन्द र खुदुनाबारी फाईनलमा

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिका ९ स्थित जीतपुरमा जारी जीतपुर गोल्डकपमा खुदुनाबारी स्पोर्टिङ झापा र फाल्गुनन्द स्पोर्टिङ देउमाई नगरपालिका फाइनल प्रवेश गरेका छन् ।

विहीबारको पहिलो खेलमा आयोजक जीतपुर सामुदायिक विकास केन्द्रलाई २-१ को कठिन जित निकाल्दै खुद्नाबरीले फाइलनको यात्रा पक्का गरेको हो । पहिलो हाफमा १ गोलको अग्रता लिएको खुद्नाबारीले दोस्रो हाफमा अघि १ गोल थप्न सफल भएको थियो ।

उता आयोजकले दोस्रो हाफमा १ गोल मात्र फर्काउन सफल बनेको थियो । आयोजकले खेल अवधिमा पाएको पेनाल्टीको अवसरलाई गोल गर्नबाट चुकेको थियो ।

त्यस्तै दोस्रो खेलमा जीतपुर युनाईटेड देउमाईलाई ३-२ को संघर्षपूर्ण जित दर्ता गर्दै फाल्गुनन्द उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि यी दुई टिम शनिबार हुने फाइलनमा प्रतिष्पर्धा गर्नेन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार