स्वर्गीय ऋतिक घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना

  नयाँ बुलन्द
0 Shares

इलाम :  ब्लड क्यान्सरबाट निधन भएका स्वर्गीय ऋतिक घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।

इलाम नगरपलिका ४ मा रहेको सिद्धेस्वरी आधारभूत विद्यालयमा १ लाख ५० हजार रुपैयाँको ‘ऋतिक घिमिरे स्मृति अक्षय कोष’ स्थापना गरिएको हो । कोषबाट प्राप्त ब्याजले सोही व्द्यिालयमा अध्ययनरत एक जना उत्कृष्ट विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिने छ । स्वर्गीय घिमिरेले सोही विद्यालयबाट आधारभूत तहको पढाइ सकेका थिए ।

‘ऋतिक बचाउ अभियान समिति’ ले बिहीबार इलाममा पत्रकार भेटघाट गरी खर्च विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो ।

समितिले १४ लाख ९७ हजार ३ सय ७० रुपैया संकलन गरेको समिति संयोजक गोपाल निरौलाले जानकारी दिए । उनका अनुसार समितिले १३ लाख ४७ हजार ३ सय ७० रुपैया ऋतिकको उपचारमा खर्च गरेको छ । खर्च गरेर मौज्दात रहेको १ लाख ५० हजार रुपैयाँले कोष स्थापना गरिएको उनले बताए ।

गत वर्ष एसइइ परिक्षाको तयारीको क्रममा इलाम नगरपालिका ४, बरबोटे निवासी ऋतिक एकाएक बिरामी भएका थिए । उपचारको क्रममा धरान घोपामा ब्लड क्यान्सर पत्ता लागेको थियो । थप उपचारको लागि चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पातल लगिएकोमा अस्पातलले करीब ३० लाख रुपैयाँ खर्च लाग्ने बताएपछि स्थानिय युवाले ऋतिक बचाउ अभियान समिती बनाएर आर्थिक संकलन गरेका थिए ।

समितिले स्वदेश तथा बिदेशका बिभिन्न मुलुक अमेरिका, अस्ट्रेलिया, कोरिया, दुबै, कतार, मलेसिया लगायतका देशबाट आर्थिक सहयोग प्राप्त गरेको थियो । उपचारको क्रममा गत भदौ ७ गते ऋतिकको चितवनमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार