पत्रकार धम्क्याउने प्रसाईंलाई कारवाही गर्न फोनिजको माग

प्रेस स्वतन्त्रताका विरुद्ध हुने जुनसुकै कदमको डटेर सामना गर्न अपिल

  नयाँ बुलन्द
0 Shares

इलाम : समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउने झापाको विर्तामोडस्थित वीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईलाई कारवाही गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले माग गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका इलाम संवाददाता विप्लव भट्टराई लगायतपत्रकारलाई गालीगलौज गर्दै धम्क्याएको घटनाको फोनिज इलामले निन्दा र भ्रत्सर्ना गर्दै घटनामा संलग्न प्रसाईलाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसमक्ष माग गरेको हो ।

फोजिज इलामले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै वीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फोनिज इलामका अध्यक्ष राम योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘यसरी स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई विनाकारण गालीगलौज गर्दै धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी रहेको ठहर गर्दै प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यको फोनिज घोर भ्रत्र्सना गर्दछ’ भनिएको छ । विज्ञप्तीमा समाचारका विषयमा चित्त नबुझे त्यसको उपचार खोज्ने कानुनी बाटो हुँदाहुँदै प्रेस स्वतन्त्रताको खिल्ली उडाउने यस्तो घटनाले सिंगो सञ्चार जगतलाई नै आतंकित तुल्याएको भन्दै सञ्चारकर्मीहरु अझैपनि सुरक्षित छैनन् भन्ने कुरा प्रष्ट्याएको उल्लेख छ । घटनाले मुलुक सरकार विहीनतामा रहेको आभाश आम नागरिकमा दिलाएको समेत उल्लेख  छ ।

फोनिजले प्रेस स्वतन्त्रताका विरुद्ध हुने जुनसुकै कदमको डटेर सामना गर्न आम इलामे सञ्चारकर्मीहरुमा हार्दिक अपिल समेत गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै २५ पुसदेखि इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको विरुद्ध २७ पुसदेखि इलाममा नै अनसनरत विजय थापालाई वीएण्डसीका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका संचालक प्रसाईले भट्टराईलगायतका पत्रकारलाई गाली गलौज गर्दै धम्क्याएका थिए ।

हेर्नुहोस् विज्ञप्ती :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार