प्रेस युनियन इलाम अध्यक्षलाई धम्की

  नयाँ बुलन्द
0 Shares

इलाम :  इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वी एण्ड सी अस्पताल विर्तामोडका संचालक दुर्गा प्रसाईंले कान्तिपुर संवाददाता तथा नेपाल प्रेस युनियनका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएकोप्रति युनियनले आपत्ति जनाएको छ ।

वी एण्ड सी अस्पतालका तर्फबाट डा.केसीलाई भेट्न आएका चैतन्य मैनालीका बारेमा पत्रकारले टेलिफोनमार्फत संचालक प्रसाईंसँग बुझ्न खोज्दा अपशब्द बोल्दै अपमान गरेका थिए । सोही विषयलाई लिएर नेपाल प्रेस युनियन इलाम शाखाले घोर आपत्ति प्रकट गरेको छ ।

सचिब टीका खतिवडाद्वारा जारी विज्ञप्तीमा प्रसाईंको अभिब्यक्ति प्रेस माथिको धावा बोलेको र हर्कत प्रदर्शन गरेको भन्दै युनियनले निज प्रसाईंलाई कारवाहीको माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार