सरकार मौन रहेको भन्दै डा.गोविन्द केसीका समर्थकहरुले ज्ञापनपत्र बुझाए

  नयाँ बुलन्द
0 Shares

इलाम : चिकित्सा क्षेत्रको सुधारका माग सहित १६औँ सत्याग्रह   बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक बन्दै गएपछि समर्थकहरुले उनको जीवन रक्षा र नागरिक हक प्रत्याभूतिका लागि माग गरेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय इलाम मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गरिएको हो । अनसनको सातौं दिन बितिसक्दा पनि उनको माग पूरा गर्न सरकार मौन रहेको भन्दै उनीहरुले आज सो ज्ञापनपत्र बुझाएका हुन्  ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा पाउने संबैधानिक मौलिक हक सुनिश्चीत गर्ने गरी चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गराई नागरिकको जीवन रक्षाका साथै जनताको संबैैधानिक हक सुनिश्चीत गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको बिज्ञप्तीमा जनाइएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सोमबार उनलाई अनसन स्थलबाट इलाम अस्पतालमा भर्ना गरिएको हो ।

उनले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफुसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्ने सहितका ६ बुँदे माग राखेर इलाममा यो पटकको सत्याग्रह शुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार