इलाम : इलाममा १६ औं सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसीको आज सातौ दिन पनि जारी छ । तर निमोनीया सहितका विभिन्न समसया देखिएपछि डक्टरको अवस्था विग्रिएको छ ।
निमोनियाको संक्रमण भएपछि सोमबार बिहान इलाम अस्पतालमा भर्ना भएका डा. केसीको दायाँ फोक्सोमा निमोनियाको संक्रमण भएको र मुटुको चाल घटेर ३४ मा झर्ने र बढेर २४० सम्म पुग्ने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मंगलबार बिहान डा. केसीको स्वास्थ्य परीक्षण गर्दा तत्काल आइसीयुमा राख्नुपर्ने अवस्था देखिएको भएपनि इलाम अस्पतालमा उक्त सेवा नभएकाले समस्या भएको डा. विजेन्द्रकुमार शाहले बताए ।
डा.केसीलाई मुटुको धड्कन वढेको, छातिमा निमोनिया देखा परेपछि हिजो बिहानै इलाम सदरमुकाममा रहेको इलाम अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सा शिक्षा विधेयक १५ औ सत्याग्रह पछि भएको सम्झौता अनुसार पारित गर्नुपर्ने अडान राख्तै आउनु भएका डा केसी ७ बुदे माग सहित गत पौष २५ गतेदेखि पुन सत्याग्रह थाल्नु भएको थियो ।