खुदनाबारी र फाल्गुनन्दको जीत संगै सेमिफाइनलमा

  नयाँ बुलन्द  300 पटक हेरिएको

देउमाई : देउमाई नगरपालिका ९ जीतपुरमा जारी जीतपुर गोल्डकपको आज भएको खेलमा खुदनाबारी स्पोर्टिङ झापा र फाल्गुनन्द स्पोर्टिङ इलाम बिजयी भएका छ्न ।

सोमबार आज भएको पहिलो खेल खुदनाबारी स्पोर्टिङ र नेपाल मगर संघ, इभाङ बिच खेल भएको थियो । सो खेलमा खुदनाबारीले १ का विरुद्ध ३ गोलले इभाङलाई पराजित गरेको छ।

त्यस्तै दोस्रो खेल फाल्गुनन्द स्पोर्टिङ देउमाई नगरपालिका र गोदावरी स्पोर्टिङ माई नगरपालिका बिच भएको खेलमा १ का बिरुद्ध २ गोल गर्दै फाल्गुनन्द स्पोर्टिङ टिमले जीत तय गरेको थियो ।

भोलिको पहिलो खेल युनाइटेड टिम देउमाई नगरपालिका ९ र माईनगर पालिका ९ ,त्यस्तै दोस्रो खेल आयोजक टिम र पानीटार स्पोर्टिङ बिच हुने आयोजकले बताएको छ । गोल्डकपको फाईनल भने माघ ५ गते शनिबार सम्पन्न हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार