इलाम : इलाम नगरपालिकाका १० वडाका अपाङ्गता भएका व्यक्तिको समुहलाई १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
इलाम नगरपालिका र करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालन भइरहेको हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत गठित समूहलाई नगरपालिकाले सो रकम हस्तान्तरण गरेको हो ।
इलाम नगरपालिकामा दोस्रो चरणमा कार्यक्रम सञ्चालन भइरहेका वडाहरु वडाहरु १, २, ४, ५, ६, ७, ८, ९, ११ र १२ गरी वडालाई प्रतिवडा एक लाखका दरले रकम हस्तान्तरण गरिएको हो ।
पहिलो चरणमा कार्यक्रम लागु भएका नगरपालिकाका दुईवटा वडाहरु वडा नम्बर ३ पुवामझुवा र वडा नम्बर १० गोदकमा यस अघि नै सो रकम हस्तान्तरण गरिसकिएको थियो ।
इलाम नगरपलिका नगर कार्यपालिकाको हलमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
इलाम नगरपलिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इलाम नगरपलिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखाअधिकृत, करुणा फाउण्डेशन नेपालका प्रतिनिधिहरु तथा अपाङ्गता स्वावलम्वन समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै इलाम नगरप्रमुख महेश बस्नेतले लागत साझेदारीमा सञ्चालन भैरहेको कार्यक्रम प्रभावकारी तवरवाट सञ्चालन भइरहेको तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ इलाम नगरपालिकाले अनुभुत हुने गरीको कार्यक्रमहरु सम्वेदनशील र प्राथमिकतामा राखी सञ्चालन गरीरहने कुरामा जोड दिए ।
विउ पुँजी अनुदान रकम उम्रने फुल्ने तथा फल्ने कुरामा आफू विश्वस्त रहेको साथै यसको निरन्तर निगरानी र अनुगमनको दयित्व समेत जनप्रतिधिहरुकै भएकाले उक्त विउ फलाउनमा सहयोग गर्न कार्यपलिकाका सम्मपूर्ण सदस्यहरुलाई आग्रह समेत गरे ।
करुणा फाउण्डेशनको वइरगमन पश्चात पनि यसका सम्पूण कार्यक्रमलाइ इलाम नगरपलिकाले आफनो कार्यक्रममा समाबेश गरी अघि बढाउने प्रतिवद्घता व्यक्त गरे ।
कार्यक्रममा करुणा फाउण्डेशन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत प्रदिप अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उक्त रकम विउ पुजी अनुदानका रुपमा रहने साथै उक्त रकमवाट अपाङ्गता भएका व्यक्ति अथवा परिवारका सदस्यहरुले आयआर्जनका लागि पुजी परिचालन गरि आयआर्जनमा संलग्न भई आर्थिक रुपमा सक्षम बन्न सकुन र भोलिका दिनमा उक्त रकम वढाएर लैजानाले अपाङ्गता भएका व्यक्तिहरुलाई भविष्यसम्म आथिर्क रुपमा सक्षम बन्न सहयोग मिल्ले कुरा राखेका थिए ।
कार्यक्रम इलाम नगरपालिका स्वास्थ्य सहसंयोजक रमन्ता पौडेलले गरेकी थिइन् ।