इलाम : पश्चिम दक्षिणी इलामको फुलुङ्गी भन्ने स्थानमा माघे सङ्क्रान्तिको अवसर पारेर मकर मेला लाग्ने भएको छ ।
दुई दिनअघि शुक्रबार नै शुरु भएको मेला माघ १ गते विशेष कार्यक्रमपश्चात सम्पन्न हुने आयोजक माघे सङ्क्रान्ति सत्यहाङ्मा मकर शान्ति मेला मुल समारोह समितिले आज इलाम सदरमुकाममा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
राष्ट्रिय विभुति फाल्गुनन्दले गुफा साधना र ज्ञान प्राप्ति गरेको भनिएको खत्रक्पा र फुलुङ्गी क्षेत्रमा यसपालीदेखि मेला लगाउन थालिएको हो । सो स्थानमा २०२७ भदौ १ देखि माघ मसान्तसम्म धर्मगुरु आत्मानन्द लिङ्देनले गुफा साधना गरेको जनाइएको छ ।
मेलाको अवसरमा शुक्रबार साक्मुरा वादेम्मा (गाली श्राप बगाउने) काम भएको र सोही दिनदेखि सङ्क्रानितको दिनसम्म येत नाम्धुङ लाधुङसेमी गरिने भएको छ । सो अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने जनाइएको छ ।
त्यस्ता झाँकीहरुमा धान नाच, ख्याली, हाक्पारे, माङलुङ, केलाङ, सकेला, सेलो वालन, संगेनी, मारुनी, येवालाङ, हुर्रा लगायन प्रदर्शन गरिने भएको छ ।
माघ १ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको सहभागिता तथा धर्मगुरु आत्मानन्द लिङदेन र पवित्रहाङमा लिङदेनको उपस्थितिमा विशेष कार्यक्रम गरिने समितिका अध्यक्ष लोकबहादुर लिङ्देनले प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएका छन् ।