माई नगरपालिका क्‍वार्टरफाइनल प्रवेश

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर :  इलामको देउमाई नगरपालिका ९ स्थित जीतपुरमा जारी जीतपुर गोल्डकपमा माईनगरपलिका ९ विजयी भएको छ । आईतवार भएको खेलमा झापालाई २-० गोल गर्दै माई विजयी बनेको हो ।

पहिलो हाफसम्म बराबरी खेलेको माईले दुवै गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफको छैठौं र दशौं मिनेटमा माईका युनिश मगरले गोल गरी टिमलाई जीत दिलाएका थिए ।

जीतसँगै माई नगरपालिका ९ क्वाटरफाईनलमा प्रबेश गरेको छ । प्रतिद्वन्दी टिम एफसी ले पाएका कयौं गोल गर्ने अवसर सदुपयोग गर्न सकेको थिएन ।

सोमबारबाट क्वार्टरफाइलनका खेल सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा नेपाल मगर संघ इभाङ र खुदनाबारी स्पोर्टिङ तथा दोस्रोमा गोदावरी स्पोर्टिङ र फाल्गुनन्द स्पोर्टिङबीच प्रतिष्पर्धा हुने आयोजक जीतपुर सामुदायिक विकास केन्द्रले जनाएको छ ।

जीतपुर माद्यामिक बिद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल ५ माघमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार