काठमाडौं : काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् ।
अत्याधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
घाइतेको बजारवासी र प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
गाडीमा ४१ जना यात्रु सवार थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः संचालन भएको छ ।