डा. गोविन्द केसीको माग पूरा गर्नबाट पन्छन खोज्दैछ सरकार

  नयाँ बुलन्द
0 Shares

काठमाडौ :  चिकित्सा क्षेत्र सुधारको माग गर्दै प्रा. डा. गोविन्द केसी १६औं सत्याग्रहमा बसेका छन् ।

तर, सरकार भने उनको माग पूरा गर्नबाट पन्छन खोज्दैछ ।

सरकारका प्रवक्तासमेत रहेका सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाइ हेर्दा डा. गोविन्द केसीको १६औं चरणको अनशनप्रति सरकार गम्भीर नभएको प्रस्ट देखिन्छ ।

नेपालमा मेडिकल शिक्षाको सुधारका लागि पटक–पटक अनशन बस्दै आएका डा. केसीको माग सरकारले पूरा गरिसकेको बुझाइसमेत सरकारको छ ।

डा. केसीसँग भएको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक अघि बढाएको छ ।

संसदीय समितिले बहुमतका आधारमा केसीसँग भएका सहमतिसमेत नसमेटी विधयकको प्रतिवेदन पास गरेको छ ।

संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टीका सांसदको बहुमत रहेको र उनीहरुकै चाहनाअनुसार विधेयकको प्रतिवेदन अघि बढाइएको हो ।

दुईतिहाइ बहुमतसहितको सरकारले यो विधेयक जस्ताको जस्तै संसदबाट पारित गरेमा भविष्यमा चिकित्सा अध्ययन सस्तो, भरपर्दो र स्वास्थ्य सुविधा सर्वसुलभ उपलब्ध हुनेमा दुविधा जन्माएको छ ।

राजनीतिक केन्द्रमा सरकारपक्ष र प्रतिपक्ष दुई खेमामा उभिएका छन् ।

नेपाली कांग्रेसले आफ्नो सरकार हुँदा ल्याएको अध्यादेशको पक्ष लिँदै डा. केसीलाई समर्थन गरेको छ भने सत्तारूढ दलले डा. केसीको विरोध गरिरहेका छन् ।

त्यसो त सत्तारूढ दलले डा. केसीलाई कांग्रेसले उचालेको आरोपसमेत लगाउँदै आएको छ ।

सत्ताबाहिर रहनुको छटपटीलाई डा. केसीको माध्यमबाट कांग्रेसले ओकल्न खोजेको आरोपसमेत सत्तापक्षको छ ।

केहीले डा. केसीमाथि नै राजनीति गर्न लागेको आरोप लगाएका छन् त केहीले पागलपनको संज्ञा दिएका छन् ।imageKhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार