मिनी बसको ठक्करबाट चित्तलको मृत्यु

  नयाँ बुलन्द  66 पटक हेरिएको

चितवन : चितवनको टिकौली जंगलमा मिनी बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको लु. १. ख. ६९९१ नम्बरको बसले बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिदा अन्दाजी ३५ किलो तौलको पोथी चित्तलको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्त चित्तललाई चितवन राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार