लिम्बू समुदायको नयाँ वर्षमा माङसेबुङमा सार्वजनिक विदा

  नयाँ बुलन्द
0 Shares

इलाम : किरात लिम्बू समुदायको नयाँ वर्ष येले तङ्वेको दिन इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । लिम्बू समुदायको राष्ट्रिय चाड कक्फेवा तङनाम (माघे सक्रान्ति) सँगै सुरु हुने नयाँ वर्षको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बुधबार बसेको गाउँकार्यपालिकाको बैठले प्रत्येक वर्ष कक्फेवा तङनाम (माघे सक्रान्ति) का दिन सार्वजनिक विदान दिने निर्णय भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी दिए ।

आउँदो मंगलबार अर्थात् १ माघदेखि किरात लिम्बू समुदायको नयाँ वर्ष ५०७९ प्रारम्भ हुनेछ । किरात लिम्बू समुदायले १ माघ अर्थात कक्फेवा तङनाम (माघे सक्रान्ति) लाई नयाँ वर्षको प्रारम्भको दिनको रुपमा मनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार