पाँचथर : विभागीय टोली त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलबाट आयोजक फिदिम स्पोर्टिङ क्लबलाई टाईब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
फिदिमस्थित फिदिम माविको खेलमैदानमा भएको रोमाञ्चक खेलमा आर्मीले जीत निकाल्न टाईब्रेकर पर्खनु प¥यो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
निर्धारित ९० मिनेटको खेलमा सुरुवाती अग्रता आर्मीका राजीव गुरुङले ३१औँ मिनेटमा दिलाएका थिए । खेललाई बराबरीमा पु¥याउन आयोजकले ७९औँ मिनेट खर्चिनु प¥यो । जसमा प्रविण जवेगु सफल भएका थिए । काउन्टर अट्याकमा परेको आर्मीका लागि पछिल्लो मिनेट दुर्भाग्य सावित भएको थियो । आयोजकका लागि विदेशी खेलाडी स्टेफन भाग्यमानी सावित भए पनि लामो समयसम्म उनको खुसी कायम रहन सकेन ।
अन्तिम २५ मिनेट सम्हालिन नसक्दा आयोजकले आर्मीसँग बराबरी खेल्न पुग्यो । २–१ गोलले पछि परेको अवस्थामा आर्मीका स्कोरर राजीव गुरुङले थप गोल गरेर खेललाई बराबरीमा पु¥याए । तर, जीतका लागि आर्मीले पनि टाईब्रेकर रोज्नुको कुनै विकल्प रहेन ।
टाईब्रेकरमा आर्मीका गोलरक्षक विश्वास चौधरी लक्की सावित भए । उनले विपक्षीको दुई प्रहार रोक्न सफल भए भने एउटा प्रहार गोलपोस्टबाट बाहिरिएको थियो । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै आयोजकका तर्फबाट नगद १० हजार पाउन सफल भए ।
पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । बुधबार सरस्वती क्लब काठमाडौँ र सुनसरीबीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।