काठमाडौं : काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ ।
भीसीसीएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमान अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।
विमानस्थल कार्यालयले अहिले भीसीसीएस परिवर्तन गर्ने काम गरिरहेको छ । केहीबेरमै उडान सुचारु हुने बताइएको छ ।