तपाई उद्यमी बन्‍ने कि व्यवसायी मात्रै ?

  गोपाल पौड्याल  290 पटक हेरिएको

गोपाल पौड्याल

कुनै पनि व्याक्ति आफ्नो जिवनलाई समृद्ध बनाउन चाहन्छ । जिवनलाई समृद्ध बनाउन आर्थिक पाटोले पनि महत्वपूर्ण भुमिका र्निवाह गरेको हुन्छ । आर्थिक पाटोलाई समृद्ध बनाउन ब्यवसाय वा उद्योग संचालन नै सहि विकल्प हुन्छ तथापि व्यवसाय र उद्योग वा ब्यवसायी र उद्यमी विच पनि भिन्नता रहेको हुन्छ जसलाई यसरि विश्लेषण गर्न सकिन्छ ।

व्यवसायःआफ्नो सीप, स्रोत र साधन प्रयोग गरी ग्राहकको चाहनाअनुसारको वस्तु÷सेवा बिव्रmी गरी ग्राहकलाई सन्तुष्ट बनाई आपूmलाई पनि फाइदा हुने (नाफा हुने, ग्राहकहरु बढाउने) काम नै व्यवसाय हो । जस्तै किराना पसल, फेन्सी पसल, फर्निचर उद्योग, प्राङ्कारिक तरकारी खेती, घर बनाउने ठेक्का, चिया पसल आदि । व्यवसायको माध्यमबाट आपूm पनि रोजगार होइन्छ र अरूलाई पनि रोजगारी दिन सकिन्छ । व्यवसाय सामान्यतया ३ किसिमका हुन्छन् । क.व्यापार : सामान किनवेच गर्ने कार्यलाई व्यापार भनिन्छ । जस्तै किराना पसल, फेन्सी पसल, औषधि पसल आदि ।ख.उत्पादनमूलक : कच्चापदार्थ तथा अर्धतयारी वस्तु प्रयोग गरी, उत्पादन प्रव्रिmयामा समावेश गरी वस्तु बनाइ बिव्रmी गर्ने कार्यलाई उत्पादनमूलक व्यवसाय भनिन्छ ।ग. सेवामूलक : आफ्नो सीप प्रयोग गरी सेवा बेच्ने कार्यलाई सेवा मुलक व्यवसाय भनिन्छ । अवसरहरुको पहिचान सँगै साधन तथा स्रोत एकीकृत गरि व्यवसाय सृजना,कार्यान्वयन र व्यवस्थापन गरि व्यवसायहरुको संचालन भएको हुन्छ । व्यवसायीले परम्परागत धारणामा विश्वास गर्छ । आफ्नो व्यवसायप्रति चिन्तित हुन्छ र साथै त्यही व्यवसायलाई आफ्नो जीवनको अभिन्न अङ्कको रूपमा लिन्छ ।प्रयोगमा आइसकेको÷भइसकेको व्यवसाय सुरु गर्छ

बजारमा भएका धेरै व्यवसायीमध्ये एक सदस्यको रूपमा चिनिन्छ ।बजारमा भएका अन्य प्रतिस्पर्धीहरूसँग सदैव प्रतिस्पर्धा गर्न प्रयासरत रहन्छ ।व्यवसायबाट सुरक्षा महसुस गर्छ ।

नाफा कमाउन बढी केन्द्रित हुन्छ ।

उद्यमीःनयाँ अथवा पुरानै कुरालाई पनि नयाँ किसिमले प्रस्तुत गर्ने, आपूmले उत्पादन गरेको वस्तु अथवा सेवा अरूको भन्दा मूल्यवान बनाउने र जहिले पनि व्यवसायको विस्तारलाई प्राथमिकता दिने व्यक्ति नै उद्यमी हो ।यस्तै गरेर उद्यमीले नयाँनयाँ विचारलाई ग्रहण गर्छ । सोही विचारको माध्यमबाट आफ्नो व्यवसाय विस्तार गर्दै जान्छ ।नौलो र फरक विचारलाई व्यावसायिक प्रयोजनको लागि प्रयोग गर्छ ।व्यावसायिक जगतको प्रमुख नेताको रूपमा चिनिन्छ ।आपूm सधै प्रतिस्पर्धा गर्न रुचाउँछ । बाह्य प्रतिस्पर्धीहरूसँग सहयोग र समन्वयको अपेक्षा राख्छ ।व्यावसायिक कार्यको माध्यमबाट जोखिम वहन गर्ने क्षमताहरुको विकास र विस्तार गर्छ ।सामाजिक उत्तरदायित्वलाई महत्व दिँदै नाफा कमाउने योजना बनाउँछ ।

यस्तै गरेर उद्यमशीलता भन्नाले, उद्यमी भनेको व्यक्ति हो भने उद्यमशीलता भनेको त्यही व्यक्ति उद्यमी बन्दा आउने विभिन्न; प्रव्रिmयाहरू हुन् । यी प्रव्रिmयाहरू लाई यसरि विशलेषण गर्न सकिन्छ ।वातावरणमा देखिएका व्यावसायिक अवसरहरूलाई पहिचान गर्ने,सिर्जनशील विचारलाई प्रयोग गरी त्यसबाट फाइदा लिने,फाइदा÷वेफाइदा मूल्याङ्गन गरी फाइदा हुने खालको जोखिम लिने,आफ्नो सीप प्रयोग गरी उपलब्ध स्रोत तथा साधनहरूलाई परिचालन गर्ने,अरूले नदेखेको÷मूल्य नभएको वस्तु÷सेवालाई मूल्यवान् बनाई त्यसबाट फाइदा लिने,   व्यक्तिगत रूपमा जिम्मेवारी लिई कुनै कामको सुरुआत गर्ने । अग्रसरता देखाउने,कोसिस गर्ने, अनुभव लिने, प्रयोग गर्ने, असफलताबाट सिक्ने, सही समयमा सही निर्णय लिने, सूचना लिने कुराहरूलाई व्यवहारमा उतार्ने,            व्यवसाय गर्दा आवश्यक पर्ने आपूmसँग नभएको सीप, ज्ञान प्राप्त गर्ने अथवा ती आवश्यक सीप, ज्ञान भएका व्यक्तिहरूसँग सहयोग लिने कार्य आदि ।सामान्यतया राजनैतिक अग्रजहरुलाई नेता र उनीहरुका क्रियाकलापलाई नेतृत्व भन्ने गर्दछौं । तर नेतृत्व भन्नाले राजनीतिसँग मात्र सीमित रहँदैन । कुनै पनि उद्देश्य पूर्तिको निमित्त समूहलाई मार्ग दर्शन गर्नेलाई नेता र गरिने क्रियाकलापलाई नेतृत्व भन्नु उपयुक्त हुन्छ । त्यस्तै यावसायिक जगतमा नेतृत्व भन्नाले व्यवसायको समुन्नतिका लागि एउटा उद्यमीले निर्वाह गर्नुपर्ने क्रियाकलाप हो ।एउटा उद्यमीमा नेतृत्व दिने सीप हुनु अतिनै अवाश्यक छ । उसले आपूmमा यो नेतृत्वदिने सीपको विकास गरी संस्थाको उत्थानमा सहयोग पु¥याउनुका साथै सबै सदस्यहरुको क्षमता र सीपलाई एकतृत गरेर लक्ष्य प्राप्तिमा अगाडि बढ्न उत्साहित बनाउनुपर्छ । हामी प्रत्येक व्यक्तिमा यो नेतृत्व दिने शिप हुन्छ, जुन आवश्यक परेको बेलामा प्रदर्शित हुनेगर्छ । तर आफ्नो नेतृत्वकलाको खास परीक्षा भनेको आपूmले आफ्नै लागि खडा गरेको सीमा÷अवरोध ९क्भाि क्ष्mउयकभम दबचचष्भच० लाई थेग्नु र आपूmलाई नयाँ दिशामा अग्रसर गराइ अरुसँग मिलेर काम गर्नसक्ने किसिमले आफ्नो आचरण, व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउनु हो । कुनै पनि कामको खास उद्देश्य हुन्छ । त्यो उद्देश्य प्राप्त गर्नको लागि धेरै कुराहरूको प्रबन्ध मिलाउनु पर्दछ । मानिस, मेसिन, सामग्रीहरू, पैसाको अलावा काम कसरी गर्ने भन्ने विधि वा तरिका छनोट गर्नुपर्दछ । कामदारहरूलाई काम गर्न सक्षम र इच्छुक बनाउनुपर्दछ, उचित समय निर्धारण गर्नुपर्दछ र सुव्यवस्थित ढङ्गले काम सम्पन्न गर्नुपर्दछ । यी सबै कुराहरूको चाँजोपाँजो मिलाएर कुनै पनि काम सुव्यवस्थितरूपमा, सामग्रीहरूको उचित र अधिकतम प्रयोग गरी काम गर्नुलाई नै “व्यवस्थापन गर्नु” भनिन्छ । छोटकरीमा भन्दा कामको सही चाँजोपाँजो मिलाउनुलाई नै व्यवस्थापन भन्न सकिन्छ । त्यसैले सानो होस् वा ठूलो, सरल होस् वा गाह्रो, जुनसुकै काम गर्न पनि व्यवस्थापन आवश्यक पर्दछ जो एक सफल उद्यमीले कार्यान्वयन गर्दछ ।व्यवस्थापन एक निश्चित प्रव्रिmया हो ।यसभित्र योजना, सङ्गठन, कार्यान्वयन तथा नियन्त्रण गर्नुजस्ता कार्यहरू पर्दछन् ।मानिस तथा साधनहरू (सामग्रीहरू, पैसा, मेसिन) को प्रयोग गरी पूर्व–निर्धारित उद्देश्यहरू प्राप्त गर्नको लागि व्यवस्थापन आवश्यक हुन्छ ।व्यवस्थापन भनेको व्यवसाय चलाउने शक्ति हो, जसको माध्यमबाट व्यवसायमा निर्णय गर्न, कार्यान्वयन गर्न र नियन्त्रण गर्न सकिन्छ ।प्रभावकारी तथा दक्षतापूर्वक व्यवसायको उद्देश्य प्राप्त गर्नको निम्ति अरूद्वारा काम लिन सक्नु नै व्यवस्थापन हो ।

एउटा उद्यमीले व्यवस्थापनको कार्य गर्नुपर्ने हुन्छ, जसअन्तर्गत उसले दुई किसिमका प्रमुख व्यवस्थापन दायित्व निर्वाह गर्न आवश्यक हुन्छ । स्व–व्यवस्थापन अर्थात् आफ्नो व्यवस्थापन र व्यवसायको व्यवस्थापन । यस्तै गरेर व्यवसाय वा उद्यमको सन्दर्भमा ग्राहकमूखी क्रियाकलापहरू संचालन गरि वजारिकरणका क्रियाकलवहरु पनि स्वत संचालन भई रहेका हुन्छन् । ग्राहकको चाहना र आवश्यकतालाई केन्द्रित गरी ग्राहकलाई सन्तुष्टि दिई नाफा आर्जन गर्ने उद्देश्यले संचालित सम्पूर्ण क्रियाकलापहरू बजारीकरण अन्तर्गत पर्दछन् । ग्राहकहरू सन्तुष्ट हुनका लागि लक्षित् ग्राहकलाई के कस्तो वस्तु वा सेवाको आवश्यकता छ भन्ने थाहा पाउन जरुरी हुन्छ । उक्त वस्तु वा सेवा उपलब्ध भइसकेपछि पनि त्यसप्रति उनिहरूको के कस्तो प्रतिकृया छ त्यसलाई वुझी त्यसमा निरन्तर सुधार गर्न आवश्यक हुन्छ, जसले गर्दा ग्राहकलाई अझ बढी सन्तुष्ट पार्न सकियोस् । यसर्थ वस्तु उत्पादन गर्नुभन्दा पहिले नै कसको लागि के उत्पादन गर्ने, कति मूल्य राख्ने, कसरी वस्तु वा सेवाको बारेमा लक्षित ग्राहकलाई जानकारी गराउने र कस्तो वितरण माध्यम अपनाउनु उपयुक्त हुन्छ भन्ने सम्बन्धमा निर्यण गर्नु आवश्यक छ । यसरी लक्षित ग्राहकलाई मध्यनजर गरेर गरिने उपरोक्त सम्पूर्ण क्रियाकलापहरू बजारीकरण अन्तर्गत पर्दछन् । यसर्थ बजारीकरण भनेको वस्तुको बिक्री भन्दा धेरै जटिल र निरन्तर चलिरहने प्रक्रिया हो, जसमा व्यवसायको सफलता÷असफलता धेरै हदसम्म निर्भर गर्दछ । अतः उत्पादकले आफ्नो सुविधा र रुचि अनुसारका वस्तु उत्पादन नगरी ग्राहकको आवश्यकता र चाहनाको अध्ययन गरी सोही अनुसारको वस्तु÷सेवा उपलब्ध गराउने र उनीहरूलाई सन्तुष्ट गराई नाफा कमाउने दृष्टिकोण नै बजारीकरण हो । र यसलाई बजारीकरणको चक्र पनि भनिन्छ ।ग्राहकको आवश्यकता र चाहना अनुरुपको वस्तु तथा सेवा उत्पादन गरी उनीहरु समक्ष ती वस्तु वा      सेवालाई ठीक समयमा, ठीक ठाउंमा, उचित मूल्यमा र उचित परिमाणमा उपलव्ध गराई ग्राहकलाई सन्तुष्ठि दिने र व्यवसायीले लाभ लिने उद्देश्यले गरिने समस्त कार्यहरु प्रभावकारी तवरले पुरा गर्नु नै बजारीकरण हो । जो उद्यमी र व्यवसायी दुवैले अवलमन गर्न आवश्यक हुन्छ तसर्थ ग्राहक सेवा अन्तर्गत, कारोबार हुनु अगाडिको क्रियाकलपादेखि लिएर कारोबार भइसकेपछिको क्रियाकलापहरू समेत पर्दछ । तर आजकालको प्रतिस्पर्धात्मक व्यावसायिक युगमा प्रतिस्पर्धीहरू भन्दा अगाडि बढ्नका लागि आपूmले प्रदान गर्ने खास वस्तु वा सेवाभन्दा बढी सेवा दिएर ग्राहकलाई कसरी संतुष्टि प्रदान गर्न सकिन्छ भन्ने कुरा सोच्नु अनिर्वाय भइसकेको छ । जति जति व्यवसायमा प्रतिस्पर्धा बढ्दै जान्छ, त्यति त्यति आफ्नो तथा प्रतिस्पर्धीहरूको सेवामा भिन्नता कम हुँदैजान्छ । त्यस्तो अवस्थामा खास वस्तु वा सेवासँग प्रदान गर्दा सेवामा थप तथा परिवर्तन गरेर मात्र ग्राहकहरूबाट विश्वसनियता तथा लोकप्रियता हासिल गर्न सकिन्छ ।बजारीकरणको उपरोक्त आन्तरिक तत्वहरू बाहेक उद्यमीको नियन्त्रणभन्दा वाहिरका केही तत्वहरू पनि छन्  जसलाई हामीले बजारीकरणको समिश्रण अथवा आन्तरिक तत्वहरू तयार गर्नुपर्दा तथा त्यसमा परिवर्तन गर्नुपर्दा ध्यान दिनुपर्छ । यसलाई हामी बजारीकरणको बाह्य तत्वहरू पनि भन्दछौं ।

यसरी व्यवसायको प्रतिष्पर्धात्मक युगमा पौराणिक तथा अरुहरुले नै गरि रहेको व्यवसाय संचालन गर्ने भन्दा पनि संचालन भई रहेको व्यवसाय भित्रवाट वा त्यस क्षेत्रमा सृजनात्मक तवरले नयाँपन वा नविनता महसुस गराउने उद्यमहरुको सृजना वा पुरानै वस्तुमा नयाँ पन ल्याई कसरी ग्रहाक समक्ष पस्कने भन्ने कुरा महत्वपूर्ण हुने गर्दछ र त्यस्ता प्रकारका उद्योगले चाँडो प्रतिफल पनि उद्यमीलाई दिने गर्दछ ।त्यसैले हामिले पनि कुनै ब्यवसायको सृजना वा स्थापना गर्ने सोच वनाई रहेका छौ भने माथिका कुराहरुलाई कार्यान्वयन गरेमा सोचेको प्रतिफल लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार