इलाम : इलामका दुई अग्रज पत्रकार सम्मानित भएका छन् । विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय इलाम सुर्योदय नगरपालिका १० प्रभाकर प्रधान र सुर्योदय गरपालिका ३ का हरीप्रसाल लुईटेल सम्मानित भएका हुन् ।
इलामको फिक्कलमा आयोजित सात दिने आधारभूत पत्रकार तथा समाचार लेखन तालिमको समापनका अवसरमा उनीहरुलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद वराल र राष्ट्रिय समाचार समिति संचालक समतिकिा सदस्य दयाराम दाहालले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
स्थानीय रेडियो बुद्धवाणी एफएम, स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डटकमले आयोजना गरेको तालिम समापनका अवसरमा अग्रज पत्रकार द्वयलाई सम्मान गरेको हो ।
२०४४ सालदेखि नेपाल टेलिभिजनमा इलाम संवाददाताको रुपमा पत्रकारितामा प्रवेश गरेका प्रधान पछिल्लो समय सुत्रधारश्री साप्ताहिक प्रकाशन समूहमा रहेर जिल्लाको पत्रकारिता विकासमा सक्रिय रहेका छन् । उनी हाल नेपाल पत्रकार महासंघ इलाम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका सल्लाहर छन् ।
राजधानीबाट प्रकाशित साधना मासिक पत्रिकाको इलाम संवाददाता भएर पत्रकारितामा प्रवेश गरेका हरी लुँइटेल पावनभूमि साप्ताहिकका प्रकाशक सम्पादक हुन् ।
पत्रकारिता क्षेत्रको विकासमा जिल्लामा गरेको योगदानको सम्मान गर्दै र नयाँ पुस्ताका पत्रकारहरुलाई प्रोत्साहन दिन उनीहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
सात दिने तालिमको समापन
इलामको फिक्कलमा आयोजित सात दिने आधारभूत पत्रकारिता तथा समाचार लेखन तालिम सम्पन्न भएको छ । रेडियो बुद्धवाणी एफएम, स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डटकमको संयुक्त आयोजनामा भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । तालिममा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका इलाम संवाददात सुजन तिमल्सिना, गोरखापत्रका इलाम संवाददता प्रेम अधिकारी र पत्रकार गोविन्द पौड्यालले सहजीकरण गरेका थिए ।