इलाम : घाम नदेखेको हप्ता पुग्न लाग्यो । अहिले त हिउँ नै झर्ला जस्तो छ । उत्तरी इलामका सीमावर्ती क्षेत्रको विहीवार साँझको अवस्था हो यो । अधिकांश वासिन्दा नियमित काम सकेर आगोको शरणमा पुगी सके । तर ३ हजार मिटर उचाईको कालपोेखरी चौकीका असइ प्रेमप्रसाद श्रेष्ठ भने ड्युटीमा व्यस्त छन् । यही मौसममा केहि परे उनी ३ हजार ६ सय ३६ मिटर अग्लो सन्दकपुर पनि पुग्नु पर्छ । चिसोले हातखुट्टा चलाउनै मूस्किल हुने यो स्थानमा उनीसहित रहेका टोलीले तराइका प्रहरी सरह कपडा लगाएर सुरक्षाको चा“जोपा“जो मिलाउनु परेको हो ।
दार्जिलिङ सीमावर्ती जौवारीका असइ विनोद विश्वकर्माको अवस्था पनि ठ्याक्कै उस्तै छ । सीमापारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) न्यानो हिमाली ज्याकेट, सोही अनुसारका बुट, पञ्जा र कपडा लगाएर ड्युटी गरिरह“दा नेपालतर्फका प्रहरी भने लुगलुग काम्दै काममा खटिन्छन् । ‘हामीले हेर्नु पर्ने अधिकांश स्थान अत्यान्त चिसो क्षेत्र पर्छ,’ उनले भने, ‘कहि पुगेर आएपछि घण्टौ हात ठिर्याएर खाना खान पनि सकिदैन ।’ न्यानो ठाउ“वाट ड्युटी गरेर आएकाहरुलाई त चिसोले विरामी नै बनाउने उनको अनुभव छ । कतिपय अवस्थामा अक्सिजनको कमीले स्वास फेर्न पनि गोह्रो हुने प्रहरी वताउछन् ।
ड्युटीमा हुँदा बर्दी लगाउनै पर्यो । तर जिल्लाका अति चिसो हुने स्थानमा नियमित काम गर्नु पर्ने प्रहरीकालागि पनि गर्मी स्थानमा जस्तै मात्र कपडा प्रदान गरिन्छ । हिमालले छोएका जिल्लालाई चाही न्यानो कपडासहित खाद्यान्नमा पनि फरक व्यवस्था गरिएको छ । तर उत्तिकै उचाई र चिसो हुने अन्य जिल्लाकालागि देशभर एउटै नियम भएकाले खाद्यान्नसहित न्यानो ज्याकेट, पाइन्ट, स्वेटरलगायतका सामाग्री पाउदैनन् । ‘२०१२ सालमा प्रहरीको स्थापनास“गै गरिएको नियममा कहिल्यै फेरवदल गरिएको छैन,’ इलामका प्रहरी नायव उपरिक्षक टंक भट्टराईले भने, ‘मूलुकमा हरेक परिवर्तन भए । सोही अनुसार सवै क्षेत्रका राष्ट्र सेवकका हकमा सेवा सुविधामा धेरै बृद्धि भयो । तर प्रहरीकालागि कठ्याङग्रिएर मर्ने अवस्थामा पनि ज्याकेटसम्म दिने प्रावधान आएन ।’
इलाममा अति चिसो हुने स्थानमा एक दर्जन धेरै प्रहरी चौकी छन् । केहि त ३ हजार मिटरको उचाई आसापास छन् । छिमेकी पा“चथर जिल्लाको उत्तिकै उचाईमा काम गर्ने प्रहरीले न्यानो कपडासहित अन्य सुविधा पाउछ । तर इलामकाले लुगलुग काम गर्दै ड्युटी गर्नु पर्छ । पा“चथरको रा“के र इलामको रक्से चौकी उस्तै उचाईमा छन् । सवैको ड्युटी उस्तै हो । कहिले काहि हिउसम्म झर्ने यो स्थानका प्रहरीबीच भने भेद छ । यो अवस्था मूलुकभर कै रहेको डिएसपी भट्टराईको भनाई छ ।
इलामको कालपोखरी चौकी करिव ३ हजार मिटरको उचाईमा छ । उस्तै उचाईमा जौवारी पनि छ । बर्खायाममा नै लुगलुग काम्नु पर्ने मानेभञ्ज्याङ, पशुपतिनगर, नया“वजार, वन्दुकेलगायतका प्रहरीले झापामा रहेका प्रहरी सरह नै पोसाक लगाएर नियमित ड्युटी गर्नु पर्छ ।
जिल्ला प्रहरी कार्यालयसहित ‘क’ श्रेणिका २ इलाका ‘ख’ श्रेणीको १ इलाका र ३६ वटा चौकी छन् । अधिकांश चौकीका प्रहरीको अवस्था उस्तै छ । सम्वन्धित चौकीवाट अत्यान्तै चिसो भएर काम गर्न कठिन भएको निवेदन आएपछि जिल्लाले पनि सम्वन्धित निकायमा अनुरोध गरेको छ । तर अहिलेसम्म त्यो सुविधा प्रहरीले पाएका छैनन् । कान्तिपुर दैनि