नेपाली काँग्रेस इलामले अभिनन्दन कार्यक्रम बहिष्कार गर्ने

हवाई यात्रामा आउने प्रधानमन्त्री ओली

  नयाँ बुलन्द
0 Shares

इलाम : आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ इलामनगरपालिकाले सदरमुकाममा भोलि लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलिले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनको सम्पूर्ण तयारी भइसकेको जनाएको आयोजकले सम्मेलनको उद्घाटन ठूलो टुडिखेलमा र अन्य कार्यक्रम गौतम बुद्ध सभागृह (सिटी हल) मा गर्ने भनेपनि पछिल्लो कार्य तालिका अनुसार उद्घाटन लगायतका सबै कार्यक्रम सिटी हलमा नै गर्ने निर्णय भएको जनाएको छ ।

हवाई यात्रामा आउने प्रधानमन्त्री ओलि पशुपतिप्रसाद गण स्थित गडिथुम्का इलाममा उत्रिएर सिधै कार्यक्रम स्थल सिटी हलमा आउने कार्यक्रम रहेको नगरपालिकाका प्रबक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।

सोहि कार्यक्रममा नगरपालिकाले प्रधानमन्त्री ओलिलाई नागरीक अभिनन्दन समेत गर्ने भएको छ । प्रधानमन्त्री ओलिले देशको युगान्तकारी परिवर्तनमा खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै नागरीक अभिनन्दन गर्न लागेको जनाएको छ ।

यता प्रधानमन्त्रीलाई नागरीक अभिनन्दन गर्ने कार्यको बिरोध गर्दै आएको नेपाली काँग्रेस इलामले अभिनन्दन कार्यक्रम बहिष्कार गर्ने जनाएको छ ।

आज एक अपिल जारी गर्दै मुलुकको खस्कदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टचार, फितलो कुटनिति, असन्तुलित परराष्ट्र निती, धर्मप्रचार संस्था संगको अप्राकृतिक साँठगाठका कारण असफलता तर्फ लम्किएका र आफनै पाटीभित्र चरम विरोध र विवादमा मुछिएका सरकार प्रमुखलाई नागरीक अभिनन्दन गर्न नमिल्ने काँग्रेसले जनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार