नेकपा र कांग्रेस परित्याग गरी दुई दर्जन कार्यकर्ता ससफोमा प्रवेश

  नयाँ बुलन्द
0 Shares

सोलुखुम्बु : नेकपा र कांग्रेस परित्याग गरी दुई दर्जन कार्यकर्ताहरु सJमबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

नेकपा क्रान्तिकारी महिला संघको सोलुखुम्बु जिल्ला कोषाध्यक्ष, नेपाल शेर्पा संघ सोलुखुम्बु जिल्ला उपाध्यक्ष र शेर्पा किदुक छोक्पाका अध्यक्ष आङपेमा शेर्पाको नेतृत्वमा २६ जना कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका हुन् ।

नेकपाले अब आदिवासी जनजातिहरूको मुद्दा सम्बोधन नगर्ने अवस्था सिर्जना भएपछि नेकपा परित्याग गरी उनीहरू ससफोमा प्रवेश गरेका हुन् ।

कांग्रेसका कार्यकर्ताहरूले भने पार्टी नेतृत्व तहकै जिम्मेवार नेताहरूले हिन्दू राज्यको एजेण्डा उठाउन थालेकाले अब कांग्रेसमा बसिरहनुको अर्थ नरहेको भन्दै उनीहरू पनि एकसाथ पार्टी प्रवेश गरेका हुन् ।

ससफोका नेता लाक्पा शेर्पाले उनीहरुलाई स्वागत गरेका हुन् । उनले उक्त कार्यक्रमको तस्बिर समेत फेसबुकमा राखेका छन् ।

सार्वजनिकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार