इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक प्रादेशिक भेलाको तयारी पूरा भएको छ ।
इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा मंगलबार हुने प्रादेशिक भेलाको सम्पूर्ण तयारी पूरा भएको फोनिज प्रदेश १ का इन्चार्ज दिपीन राईले नयाँ बुलन्दलाई जानकारी दिए ।
प्रादेशिक तदर्थ समिति गठन गर्ने प्रयोजनार्थ आयोजित प्रादेशिक भेलामा प्रदेश ईन्चार्ज, सो क्षेत्रमा कार्यरत संघीय सदस्यहरु र सम्बन्धित प्रदेशका अध्यक्षहरु सहभागी हुनेछन् । प्रादेशिक भेलाबाट प्रदेश इन्चार्जको संयोजकत्वमा प्रदेश तदर्थ समिति गठन गरिनेछ ।
प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।
तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।
तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । तदर्थ समिति गठन भएको तीन महिना भित्र प्रादेशिक महाधिवेशन बोलाउनुपर्ने फोनिजको विधानमा उल्लेख छ ।
यस्तो छ कार्यविधि :
प्रादेशिक तदर्थ समिति गठन गर्ने प्रयोजनार्थ आयोजित प्रादेशिक भेला सम्बन्धी कार्यविधि-२०७५
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को विधान–२०७२ (पहिलो संशोधन–२०७३) बमोजिम संगठनलाई प्रादेशिक ढाँचामा लैजाने प्रक्रिया प्रारम्भ भएको छ । प्रादेशिक संरचना निर्माणका लागि प्रदेश तदर्थ समिति गठन प्रयोजनार्थ आयोजना हुने भेलाहरुलाई व्यवस्थित गर्न प्रादेशिक भेला सञ्चालन सम्बन्धी कार्यविधि-२०७५ जारी गरिएको छ । यो कार्यविधि फोनिजका संघीय समितिका पदाधिकारी तथा सदस्य र शाखा अध्यक्षहरुको हकमा लागू हुनेछ ।
१. फोनिजको विधान २०७२ (पहिलो संशोधन–२०७३’को परिच्छेद ४, धारा १३, उपधारा ४ (ज) मा प्रदेश तदर्थ समिति गठन सम्बन्धी व्यवस्था गरिएको छ । (सम्बन्धित प्रदेशका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहने गरी पहिलो पटकलाई संघीय समितिले प्रादेशिक समितिको घोषणा गर्नेछ । संयोजक संघीय समितिले संघीय सदस्यहरुमध्यबाट तोक्नेछ । तदर्थ समिति गठन भएको तीन महिना भित्र विधान बमोजिम प्रादेशिक महाधिवेशन बोलाउनुपर्नेछ ।)
२. मिति २०७५ जेठ २९ गते सम्पन्न फोनिजको संघीय समितिको बैठकले प्रदेश तदर्थ समिति प्रादेशिक भेलाबाट गर्ने र प्रदेश इन्चार्जहरुको संयोजकत्वमा प्रदेश तदर्थ समिति गठन गर्ने सम्बन्धी निर्णय गरिसकेको छ ।
३. प्रदेश भेलामा प्रदेश ईन्चार्ज, सो क्षेत्रमा कार्यरत संघीय सदस्यहरु र सम्बन्धित प्रदेशका अध्यक्ष/संयोजक सहभागी हुनेछन् ।
४. संघीय प्रतिनिधिको रुपमा संगठनका अध्यक्षले तोकेका प्रतिनिधि सहभागी हुनेछन् । संघीय समितिका पदाधिकारीहरु प्रतिनिधि वा अतिथिको रुपमा प्रादेशिक भेलामा सहभागी हुनेछन् ।
५. भेलाको अध्यक्षता प्रदेश इन्चार्जले गर्नेछन् । भेलाको सञ्चालन सम्बन्धित प्रदेश भेलामा उपस्थित संघीय सदस्य मध्यबाट र स्वागत भेला स्थलको शाखाका अध्यक्षले गर्नेछन् । संघीय सदस्य अनुपस्थित रहेको अवस्थामा शाखा अध्यक्षहरुबाट जेष्ठताका आधारमा सञ्चालन गर्नेछन् ।
६. भेलाबाट प्रदेश इन्चार्जलाई संयोजक र सम्बन्धित प्रदेशका शाखा अध्यक्ष÷संयोजकहरु सदस्य रहेको तदर्थ समिति गठनको निर्णय गरिनेछ ।
७. भेलाले गर्ने सबै निर्णय निर्णय पुस्तिकामा लिपिबद्ध गर्नुपर्नेछ । उक्त निर्णयमा प्रदेश ईन्चार्ज र संघीय प्रतिनिधिले हस्ताक्षर गर्नुपर्नेछ । उक्त निर्णयको प्रतिलिपि संघीय समितिमा प्रस्तुत गर्नुपर्नेछ ।
८. प्रदेश भेलाको निर्णय संघीय समितिको बैठकले अनुमोदन गर्नेछ । अनुमोदन भएको मितिलाई नै प्रादेशिक तदर्थ समिति गठन भएको मिति मानिनेछ । सोही बमोजिम प्रदेशहरुले आफ्नो स्थापना दिवस मनाउनेछन् ।
९. तदर्थ समिति गठनको निर्णय संघीय समितिबाट स्वीकृत हुनासाथ प्रदेश तदर्थ समितिहरु प्रादेशिक महाधिवेशनको तयारीमा लाग्नेछन् । प्रादेशिक महाधिवेशनको तयारी, सञ्चालन सम्बन्धी सम्पूर्ण निर्णय तथा कार्य तदर्थ समितिहरुले गर्नेछन् ।
१०. प्रदेशमा निर्वाचित समिति आईसकेपछि तदर्थ समितिको जिम्मेवारी स्वतः पूरा हुनेछ ।