
तस्बिर : सुदिप श्रेष्ठ
इलाम : यातायात व्यवस्थापन समिति इलामले मेची राजमार्ग कालोपत्रे सडक र विभिन्न ग्रामिण क्षेत्रको रुटमा चल्ने बस, जीप तथा ट्याक्सी भाडादर निर्धारण गरेपनि त्यसको कार्यान्वायन भएको छैन । आफै बसेर निधारण गरेको भाडा दर व्यवसायी आफैले उलंघन गर्दापनि कारवाहि हुन सकेको छैन ।
समितिले कार्तीक १५ देखि लागुहुने गरी नयाँ भाडादर निर्धारण गरेपनि अहिले पुरानै दरमा चलिरहेको यात्रुहरुले गुनासो गरेका छन् । इलाम देखि देउमाइ नगरपालिकाको जितपुर लिङदिन सम्मको भाडा समितिले २५०रुपयाँ तोकेको छ ।
तर त्यहाँका जीपहरुले प्रति व्यक्ति ३ सय रुपयाँ अशुल्ने गरेका छन् । स्थानीय तुलसि राम वस्तीका अनुसार रेट नै यही हो भन्दै असुल्ने गरेका छन् ।
गाउँमा हुने गाडीवालासंग प्रतिवाद समेत गर्न नसक्ने स्थानीयले चुपचाप रकम तिर्ने गरेको स्थानीयको भनाई छ ।
यो एउटा उदहारण मात्र हो । इलामबाट झापाको विर्तामोडको समितिले २९० रपयाँ भाडा तोकेको छ । व्यवसायीले यात्रुसंग तीन सय नै अशुल्ने गरेका छन् ।यात्रु दिनेश गौतमले गुनासो गरे “चालकको छेउमा टालेको भाडादर देखाउदा समेत तीन सय नै असुले ।”
मेची राजमार्गको इलाम विर्तामोड खण्डमा हरेक यात्रुलाई प्रतियात्रु तोकीए भन्दा बढि भाडा अशुले पनि गुनासो नआएको इलामका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमिल्सीनाले कुनै गुनासो नआएको बताए । उनले गुनासो आएमा पाँच हजार सम्म जरिवाना गर्ने व्यवस्था भएको जानकारी दिए । उनले भने “चाडवाडको समयमा केहि गुनासो आएको हो , अहिले छैन ।” चाडवाडको समयमा २१ जनालाई कारवाहि गरेको उनले सुनाए ।
तीन बर्ष अघि पनि समितिले यसरीनै भाडा निर्धारण गरेको थियो तर लागु भएको थिएन । भने चल्ने रुडमा झनै मनपरि रहेको सुर्योदय नगरपालिकाको पशुपतिनगरकी बुना कटुवाल बताउँछिन् । उने भनिन् “फिक्कल पशुपतिनगर रुटमा एक किलो मिटर चढेपनि ५० रुपैया अशुल्छन् ।” व्यवसायीले आधाबाटोबाट यात्रु नपाउने भन्दै जहा ओर्लीएपनि पचास अशुल्ने गरेका हुन । समितिले १४३ वटा रुटको भाडा निर्धारण गरेको छ ।
सुर्योदय नगरपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिले भदौमा १४ वटा रुटको भाडा निर्धारण गरेपनि व्यवसायीले टेरेनन् । समितिका संयोजक टेक बहादुर राई अब कडाईका साथ अनुगमन गर्ने तयारी गरेको बताउँछन् ।
फिक्कल कन्याम, फिक्कल तीनघरे, फिक्कल पशुपति नगरका भेन चालकले नगरपालिकाले किनिदिएको गाडी हैन भन्दै पुरानै भाडा अशुल्ने गरेका छन् ।
तीन बर्ष अघि पनि इलामका ६६ वटा रुटको भाडा निर्धारण गरेको थियो ।
समितिले जिल्लामा गठित भाडा निर्धारण तथा रुट कायम प्राविधिक समितिको राय सुझाव र त्यसको आधारमा नयाँ भाडादर कायम भएको समेत जनाएको छ ।
समितिले यात्रुलाई अनिवार्य टिकटको व्यवस्था गर्न निर्देशन दिएपनि व्यवसायलिे त्यसलाई वेवास्था गरेका छन् ।
पुर्वेली जिप तथा ट्याक्सी सेवा प्रालीका अध्यक्ष गृष्म सुव्वा यात्रुवाट बढि भाडाको गुनासो नआएको बताउँछन् । उनी भन्छन् “यात्रुले सहि ठाउमा सूचना मात्र दिएपनि कारवाहि अघि बढाउन सहजहुन्छ ।” उनले पछिल्लो समय कुनै उजुरी नआउको बताए । उनले भने “गुनासो आयो भने कारवाहि हुन्छ ।”
























































