रेल किन्ने प्रक्रिया अन्तिम चरणमा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफ्नै रेल किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले भारतसँग रेल किन्न लागिएको र प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

रेल खरिद गर्ने सम्बन्धमा आगामी १० जनवरीमा सम्झौता गर्न लागिएको जनाइएको छ । सम्झौता भएको दुई महिनामा रेल आइसक्ने उनले दाबी गरे ।

सरकारले दुईवटा रेल किन्न लागेको हो । भाडामा लिनभन्दा खरिद गरेरै संचालन गर्दा फाइदा हुने भएकाले खरिद गर्न लागिएको मन्त्री महासेठले बताए ।

सरकारले चालु आर्थिक बर्षका लागि रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले गत असोज २८ गते निर्माणाधीन जयनगर–जनकपुर खण्डमा आफ्नै रेल चलाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार