फाकफोकथुम गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजिरी

  गोविन्द लामिछाने
0 Shares

इलाम : फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाका सबै विद्यालयमा विद्युतीय हाजिरी राखिने बताएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा रहेको विष्णु माध्यमिक विद्यालयको ६८ औं वार्षिक उत्सवका अवसरमा शुक्रवार उनले शिक्षा क्षेत्रको सुधारका निम्ति पहिलो पटक शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था गर्न लागिएको बताए ।

विष्णु माविलगायत गाउँपालिका भरका ४२ वटै विद्यालयलाई आगामी वर्ष गाउँसभाबाट विशेष व्यवस्था गर्न लागिएको उनले बताए ।

तीन दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो र दोस्रो दिन विद्यालयका अतिरिक्त क्रियाकलाप आयोजना गरियो । अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरियो ।

सोही अवसरमा विद्यालयमा सहयोग पु¥याउने पूर्वप्रधानाध्यापक, शिक्षक तथा समाजसेवीलाई दोसल्ला ओढाएर सम्मान गरियो । सम्मानित हुनेहरूमा पूर्वप्रअ चन्द्रप्रसाद खनाल, रमेशप्रसाद रेग्मी, यादवप्रसाद अधिकारी, पूर्व शिक्षक प्रेमबहादुर मगर र नरेन्द्रकान्त पौडेल रहेका छन् । उनीहरूलाई गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रप्रसाद भट्टराई, वडाध्यक्ष हरिप्रसाद दंगालीले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे ।

विद्यालयमा टिकानाथ खनाल र नेत्रकुमारी खनालले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गर्नुभएको शशीकृष्ण अक्षयकोषबाट प्राप्त व्याजबाट एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने सुजना खनाल, दिपकिशोर रेग्मी, मिलन मगर र हरिमाया मगरलाई पुरस्कृत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक खेम राना, वडाध्यक्ष हरिप्रसाद दंगाली, हुपेन्द्र खनाल, श्रोतव्यक्ति खगेन्द्रप्रसाद भट्टराईलगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार