इलाम : इलाम नगरपालिकाको चौथो नगरसभा विहिबार सम्पन्न भएको छ । नगरसभाले दुईवटा विधेयक र एउटा संसोधन प्रस्ताव पारित गरेको छ ।
नगरसभाले कार्यपालिका सदस्य गीताराम विश्वकर्माले विधेयकको रुपमा पेश गरेको इलाम नगरपालिका नगर प्रहरी व्यवस्थापन ऐन २०७५ र कार्यपालिका सदस्य सीता रिजालले पेश गरेकी इलाम नगरपालिका संस्थाको अभिलेख व्यवस्थापन ऐन २०७५ पारित गरेको हो । त्यस्तै कार्यपालिका सदस्य श्यामकमल मुखियाले पेश गरेको इलाम नगरपालिका सार्वजनिक निजी साझेदारी लगानी व्यवस्थापन ऐन २०७४ को संसोधन प्रस्ताव समेत पारित गरेको छ ।
बुधबार पेश भएका दुई विधेयक र एउटा संसोधन प्रस्तावलाई बिहीबार बसेको नगरसभाले पारित गरेको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
विहीबार नगरसभाका सदस्यहरु डाकप्रसाद दुलाल, श्रीबहादुर तामाङ्ग, भानु घिमिरे, टेकबहादुर कटुवाल, दुर्गा श्रेष्ठ र सुसिला विश्वकर्माले शुन्य समयमा विभिन्न समसामयिक सवालहरु उठाएका थिए ।
दुई दिनसम्म चलेको नगर सभामा समापनको अवसरमा नगर सभाका सदस्य तथा वडा नम्बर ८ का वडाध्यक्ष होमबहादुर बस्नेत र कार्यपालिका सदस्य सानु दाशले समापन मन्तब्य राखेका थिए ।
हाम्रो फेसबुक पेज https://www.facebook.com/nayabulanda/
हाम्रो युट्युव च्यालन https://www.youtube.com/channel/UCvf77Dsq0Np–U3eIokw33g?view_as=subscriber