स्कुल बसको ठक्करबाट बालकको मृत्यु

  प्रनिश थापा
0 Shares

चितवन  : चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको १५ मा अवस्थित फ्युचर मन्टेश्वरी स्कूलको बसले ठक्कर दिदा सोही मन्टेश्वरी स्कुलमा अध्ययन गर्ने चार वर्षीय बालक अमन अर्याललाई ठक्कर दिदा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ना १ क ६८४३ नम्बरको मिनि बसले मन्टेश्वरी स्कूलबाट घर पुर्‍र्याएर बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका बालकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस चालक र सहचालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार