नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, र्‍याली गर्ने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका थिए ।

कांग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी संगठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्नेसमेत तयारी गरेको छ ।

वि.सं. २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्ष नेताहरु ८ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकारुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिकारुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार