इलाम नगरपालिका इलामको सूचना

  नयाँ बुलन्द
0 Shares

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, इलामको सूचना

इलाम सदरमुकाम (खलंगा) स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा आयोजित इलाम हाम्रो गौरव कार्यक्रमअन्तर्गत इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ, महासंघअन्तर्गत प्रदेश नं. १ र ३ साथै इलाम उद्योग वाणिज्य संघको संयोजनमा इलाम लगानी प्रवद्र्धन सम्मेलनको उद्घाटन र सम्माननीय प्रधानमन्त्रीज्यूको नागरिक अभिनन्दन कार्यक्रम मिति २०७५ पौष २० गते दिउँसो ११ बजे इलामको टुँडिखेलमा भव्यताका साथ सम्पन्न हुने भएकोले सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

सो कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन हुने र इलामका उत्पादनहरुको प्रदर्शनी स्टल समेत रहने व्यहोरा अनुरोध छ । साथै यस सूचनालाई व्यापक रुपमा प्रचारप्रसार गरी दिन हुन इलाम नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयहरु, इलाम नगरपालिका क्षेत्रका सम्पूर्ण सहकारी संस्थाहरु र इलाम नगरपालिकाअन्तर्गत गठन भएका विभिन्न समिति, उपसमिति तथा उपभोक्ता समितिहरुमा समेत हार्दिक अनुरोध छ ।

साथै इलाम लगानी प्रवद्र्धन सम्मेलन सम्बन्धमा थप जानकारी लिनु परेमा फोन नं. ०२७५२१५९२ मा सम्पर्क गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार