लेखन र पठन संस्कृतिमा कमी

  नयाँ बुलन्द
0 Shares

इलाम : पछिल्लो समय मनोरञ्जनका क्षेत्रहरु बढ्दै गएकोले लेखन र पठन संस्कृतिमा कमी आएको एक कार्यक्रमका सहभागीले बताएका छन । वुधवार इलाममा सम्पन्न लेखन क्षेत्रमा महिला सहभागीता , पठन संस्कृति र वर्तमान सन्र्दभ विषयक अन्तकृयामा सहभागीले यस्तो बताएका हुन ।

सामाजिक संजालको बढ्दो प्रयोग सँगै लेख्ने र पढ्ने बानी मानिसहरुमा कम हुदै गरेको संचारकर्मी गोपाल निरौलाले बताए । घन्टौ समय सामाजिक संजालमा खर्चिने भएकोले युवा पुस्तामा साहित्य सृजना र अध्ययन गर्नेको संख्या कम हुदै गएको उनले थपे । साहित्य लेखन क्षेत्रमा नवप्रवेशीहरुलाई प्रोत्साहन नहुदा पनि लेख्नेहरु पलायन हुदै गएको पत्रकार सुजता सुनुवारको भनाइ थियो । लेखन र साहित्य क्षेत्रमा महिला पुरुषको उपस्थिती बरावरी भएपनि महिलाहरुको व्यक्तिगत भुमिका बढी भएकोले अन्य क्षेत्रमा जस्तै पछाडि परेको कवि कौशिला चौहानले बताइन । सृजना गर्नेहरुलाई वर्तमान परिपेक्षमा प्लेटफाम अझ बढी रहेको राजीव न्यौपानेले बताए ।

पाठकले सधै नयाँ कुरा खोज्ने भएकोले सृजनामा नयाँ पन दिन सके लेखन र साहित्य क्षेत्रमा टिकीरहन सकिने कवि प्रतिभा पौडेलले बताइन । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे इलाम शाखाले विश्वनारी नेपाली साहित्य सम्मेलन इलामसँगको सहकार्य गरी अन्तरकृया कार्यक्रम गरेको थियो । डब्लुडब्लुजले सन्डेक्लब परियोजना अन्र्तगत विभिन्न विषयमा अन्तरकृया कार्यक्रम जिल्लामा संचालन गरीरहेको शाखा अध्यक्ष तथा सन्डेक्लब संयोजक सविता पाण्डेले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार