इलाम : जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका ४ माबुका ३० वर्षीय सोम राई र झापाको बुद्ध शान्ति गाउँपालिका ४ बुधबारेका २७ वर्षीय उत्तम रहेका छन् ।
पीडितका बाबुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीट्ठ कार्यालय इलामले जनाएको छ ।
























































