नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

  नयाँ बुलन्द
0 Shares

कञ्चनपुर : दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ ।

आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मेसिनको नाङ्गो तारमा छुँदा विष्णालाई करेन्ट लागेको परिवारले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार