ज्योती मगरले धुलाे उडाइन इलाममा(भिडियो सहित)

हजाराै दर्शक धुल्लामे

  प्रकाश नेपाल
0 Shares

इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ५ दिन अघी बाट इलाममा जारी प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ मा आज साझ चर्चित गायीका ज्योती मगरले जुरुक जुरुक पार्दै नचाएकी छन् ।

सबै भन्दा पछिल्लो क्रममा आफ्नो प्रस्तुती राख्न स्टेजमा आएकी ज्योती छोटा लुगामा देखिइन । दिनभरी घाम लागे पनि साँझपख मौसम चिसो हुन शुरु गरी सकेको थियो तर ज्योती मगर छोटो लुगामा आफ्नो प्रस्तुति राख्दै गर्दा हजारौ युवालाई आफुसगै नचाउदै बताबरण तताईन ।

जिम्वाल बा को छोरी , उही मुलाको सिन्की, मायालाई बैना भो, ढाडे बिरालो, सुर्खेत बुलबुल, पिरतीमा दम छ लगायतका आधा दर्जन गीत प्रस्तुत गरेर दर्शकलाई नचाएकी उनको पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतीको गीत प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए । हजारौ दर्शक उफ्रदा इलामको ठुलो टुडिखेल धुलोले ढाकेको थियो ।

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा १६ पुससम्म हुने महोत्सवमा चार जिल्लाका व्यवसायीयले आआफ्नो जिल्लामा उत्पादित सामग्रीको प्रदर्शन गरेका छन् । महोत्सवमा विभिन्न ६६ वटा स्टलहरु राखिएका छन् । यी स्टलहरुमा चार जिल्लामा उत्पादित कृषिजन्य, औद्योगिक तथा व्यवसायिक सामग्रीहरु प्रदशर्नीमा राखिएका छन् । यसका साथै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको कला संस्कृति, जातीय खानाको परिकारहरु, दुर्लभ जीवजन्तु चौंरीगाई र पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवले साविकका मेचीका चार जिल्लाका पर्यटकीय स्थानको प्रचारप्रसारका लागि विशेष योगदान पुर्याउने आयोजकको अपेक्षा छ । इलाममा अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, माङमालुङ, सिद्धिथुम्का, माङसेबुङ, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तव्यहरु छन् । झापामा केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थलहरु छन् ।

पाँचथरमा जोरपोखरी, सिलौटी, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, साधुटार, पौवा भञ्ज्याङलगायतका गन्तव्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ ।

महोत्सवमा ५० हजार पर्यटक इलाम भित्र्याउने साथै २ करोड पचास लाख बडी करोबार हुने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका महासचिव देवी पौडेलले जानकारी दिए ।

(भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार