फाल्गुनन्दमा जेष्ठ नागरिकलाई सम्मान

  युद्धबहादुर बोहोरा
7 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द-५ का जेष्ठ नागरिकलाई वार्षिक कार्यक्रम अनुसार सोमबार सम्मान गरिएको छ।

वडा भित्र यस भन्दा अगाडि सम्मानित हुन बाँकी रहेका नौ महिला र नौ पुरुष गरि जम्मा १८ जना सम्मानित भएका छन्। सम्मान हुनेमा ८० बर्ष देखि ९० बर्षका वृद्धवृद्धा थिए। जाडाेको समय उनिहरुलाई एकएक थान न्यानो सिरक र पैसा वितरण गरिएको वडाध्यक्ष अविन्द्रप्रसाद चेम्जोङले जानकारी दिए ।

जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण जस्ता अवसरमा उनीहरुको स्वास्थ्यस्थितिको ख्याल गर्दै स्वस्थ्य चेकजाँच गराइन्दै आएकोले यस कार्यक्रममा पनि उनीहरुलाई सेवा प्रदान गरिएको वडा सचिव टीकाध्वज नेम्वाङले बताए ।

फाक्तेप स्वास्थ्य चौकीका इन्चार्ज रमेशकुमार शाह र फाक्तेप आयुर्वेदिक औषधालयबाट राजकुमार श्रेष्ठको टोलिले स्वास्थ्यस्थ परिक्षण र औषधी वितरण सहित उनीहरुलाई परामर्श दिएको स्वस्थ्यकर्मी द्वयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार