जीतपुर गोल्डकप २५ पुसदेखि

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा खुल्ला पुरुष नकआउट फूटबल प्रतियोगिता संचालन हुने भएको छ ।

जीतपुर सामुदायिक विकास मन्चको आयोजनामा आगामी २५ पुसदेखि प्रतियोगित संचालन हुन लागेको हो । सामाजिक कार्यको साथ साथै खेलकुदको विकास गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ६६ हजार ६ सय रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, इमान्दार टिम र राईजिङ स्टारलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

जीतपुर सामुदायिक विकास मन्चले विगत २ वर्षदेखि निरन्तर प्रतियोगति संचालन गर्दै आएको छ । प्रतियोगिता जीतपुर माद्यमिक विद्यालयको खेल मैदानमा हुने मंचका सदस्य विवि पत्रेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार