जितपुर माविमा विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर

  नन्दन सर्वत लिम्बू
0 Shares

जितपुर : नेपाल विद्यार्थी संघ जीतपुर माध्यमिक विद्यालय र नेपाल नेत्र ज्योति संघको आयोजनामा जितपुर माविमा विद्यार्थीलाई नि:शुल्क आँखा परिक्षण शिविर संचालन गरिएको छ ।

विद्यालयका आँखा परिक्षणबाट बन्चित रहेका विद्यार्थीका लागि उक्त नि:शुल्क आँखा परिक्षण शिबिर संचालन गरिएको नेपाल विद्यार्थी संघ जितपुर माविका अध्यक्ष चेतना खनालले जानकारी दिइन् ।

शिबिरका आँखा विशेषज्ञ डाक्टर पर्शुराम श्रेष्ठले परिपक्व उमेरका ब्यक्ति भन्दा कम उमेरमा बढी आँखाको समस्या देखिदै आएको र कम उमेरमा आँखा रोग लागेकालाई उपचार पनि सहज हुने भएकोले साना उमेरका नानीलाई आँखा परिक्षण गरिएको बताए ।

आँखा शिबिरमा ५ सय बढी विद्यार्थीको आँखा परिक्षण गरि आबश्यक औसधी सिफारिस गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार