रुखबाट लडेर इलाममा एक युवाको ज्यान गयो

  नयाँ बुलन्द
0 Shares

इलाम : घाँस काट्ने क्रममा रुखबाट लडेर सोमबार इलाममा एक युवाको ज्यान गएको छ ।

रुखबाट लडेर इलामको सन्दरपुर गाउँपालिका १ चारदेउरालीका अन्दाजी ३२ वर्षीय प्रेमबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

मध्यान्त साढे १२ बजेतिर घर नजिकैको चाँपको रूखमा घाँस काट्न चडेका राई रुखबाट झरेर घाइते भएका थिए ।  घाइते राईको उपचारको लागि इलाम अस्पताल ल्याउने क्रममा करिब ३ बजे बाटोमै ज्यान गएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि इलाम अस्पताल राखिएको जिल्ला प्रहरीका कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।

यस्तै दाउरा काट्ने क्रममा आराले लागेर इलाम नगरपालिका ३ पुवामझुवाका २० वर्षीय राजन राई शक्त घाइते भएका छन् । साढे ३ बजे आफ्नै घर छेउमा दाउरा काट्‍ने क्रममा आराले राईको कम्मरको भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

निज राईलाई उपचारको लागि झापाको विर्तामाडस्थित विर्ता सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार