कालीकोटमा भीषण आगलागी, बस्ती नै जलेर नष्ट

  नयाँ बुलन्द
0 Shares

काठमाडाैं : कालीकोटको पलाता गाउँपालिका–१, खाँडागाउँमा भीषण आगलागी भएको छ ।

सोमबार बिहानैदेखि लागेको आगोका कारण एउटा बस्तीको करिब ३० घर जलेर नष्ट भएका छन् । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले गणेश आधारभूत विद्यालयसँगैको पुरै बस्ती जलेको छ । बस्तीका घरहरु खरले छाएका कारण आगो टोलभरि फैलिएको बताइएको छ ।

आगो निभाउन प्रहरी र स्थानीयले बिहानैदेखि प्रयास गरेको भए पनि पनि आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । पानीको स्रोत नजिक नभएकोले आगलागी नियन्त्रण गर्न कठिन भएको स्ीय प्रहरीले जनाएको छ ।

आगलागी के कारणले भएको भन्ने यकिन नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सौर्यबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार