चासोक तङनाम ५०७८ को अवसरमा विविन्न प्रतियोगिता सम्पन्‍न

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द-५ घुर्बिसे पञ्चमी स्थित शान्ति वालविकास बोर्डिङ स्कुलको आयोजनामा दुई दिन सम्म संचालित प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

येले तङ्बे ५०७८ तथा ‘चासोक तङ्नाम’ लिम्बू जातिको उधौली पर्वका अवसरमा पालिका भित्रीका विद्यालयहरुको सुमधुर सम्बन्ध कायम गर्न साथै मौलिक चार्डपर्वहरुलाई निरन्तरता दिन कार्यक्रमको आयोजना शुरु गरिएको आयोजक समितिले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिकाका जम्मा १२ वटा निजि तथा सामुदायिक विद्यालयको सहभागीतामा हाजिरी जवाफ,नृत्य, हस्त लेखन आदि कलाहरुको प्रतिस्पर्धा भएको थियो। माध्यमिक विद्यालय स्तर हाजिरी जवाफ प्रतियोगिता तर्फ छ वटा विद्यालयले भाग लिएको कार्यक्रम इलाम फकफोकथुम-१ घुर्बिसे पञ्चमीमा अवस्थित सिद्ध बाबा आवसिय माद्यामिक विद्यालय प्रथम,शान्ति बालविकास द्वितीय र घुर्बिसे पञ्चमी माद्यामिक विद्यालय तृतीय भएका छन् ।

आधारभुत विद्यालय स्तर हस्त लेखन तर्फ शान्ति वालविकास प्रथम,पाथीभरा इङ्लिस बोर्डिङमा स्कुल राँके द्वितीय भएका थिए। त्यस्तै, माध्यमिक स्तर हस्त लेखन पाथीभरा प्रथम र शान्ति वालविकास द्वितीय, युगल नृत्यमा शान्ति वालविकास प्रथम, पाथीभरा द्वितीय भएका छन्।समूह नृत्यमा पाथीभरा प्रथम र घुर्बिसे पञ्चमीले द्वितीय स्थान प्राप्त संगै प्रमुख अतिथि फाल्गुनन्द गाउँ पालिका अध्यक्ष अमरकुमार नेम्वाङ नगद र प्रमाणपत्र पाएको आयोजक शान्ति वालविकासका संचालक तथा प्रधानध्यापक देउमान आङ्देम्बे (डिएम) ले जानकारी दिए ।

कार्यक्रम ढोलनाच,च्याब्रुङ नाच सहित विविन्न विद्यालयका शिक्षक, विद्यार्थी,अभिभावक तथा स्थानीयहरुको उल्लेख्य उपस्थित रहेको थियो। पाँचथर र इलामको बिचमा विगत लामो समय देखि शैक्षिक क्षेत्रमा अब्बल रहेको यस शान्ति वालविकास बोर्डिङ स्कुलले हरेक बर्ष उत्कृष्ट नतिजाहरु निकाल्न सफल हुँदै हरेक क्रियाकलापहरुको आयोजना गर्दै आएको संचालक आङ्देम्बेले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार