सिभिल बैङ्कले गर्‍यो छात्रवृत्ति प्रदान

  नरेन इलामेली
0 Shares

माईजोगमाई :  सिभिल बैङ्क शाखा कार्यालय नयाँबजारले विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

गत  मंसिर १० गतेबाट एक महिने कार्यक्रम सहित बार्षिक उत्सब मनाइरहेको बैङ्कले बार्षिक उत्सवको उत्घाटन सत्रमै गाउँपालिका भित्रका सामुदायिक  विद्यालयका एक विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने घोषणा गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत आइतबार माइजोगमाई ३ नामसालिङ्गमा अवस्थित नामसालिङ्ग माविका कक्षा ९ मा अध्यनरत छात्र झलनाथ अधिकारीलाई  बैङ्कका शाखा प्रबन्धब मिलन भट्टराईले एक कार्यक्रमका बीच पाँच हजारको  चेक प्रदान गरेका हुन्।

कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक विद्यार्थीहरु तथा सो क्षेत्रका स्थानियवासीको बाक्लो उपस्थिति रहेको थियो‌।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार