गाडी भित्रै तीन युवाद्धारा किशोरी बलात्कृत

  नयाँ बुलन्द
0 Shares

रसुवा : रसुवामा १६ वर्षीय एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । उक्त सामूहिक बलात्कारको आरोपमा तीन जनालाइ प्रहरीले पक्राउ समेत गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीव कुमार गुप्ता र विदुरकेै २२ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन्। उनीहरुलाइ प्रहरीले आइतबार पक्राउ गरेको हो।

रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा ४ ख ४३२ नम्बरको गाडीमा लिफ्ट मागेर गएकी किशोरीलाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार गरिएको थियो।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बलात्कार तथा बलात्कारको प्रयासका तीनवटा घटना भएको प्रहरी तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार