काठ तस्कर गर्ने दुई पक्राउ

  नयाँ बुलन्द
0 Shares

चितवन : सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाइ प्रहरीले अटो सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट करिब ३ क्यूफिट सालको काठ र काठ तस्करीमा प्रयोग भएको ना १ ह ५१६८ नम्वरको अटोलाइ समेत नियन्त्रणमा लिइएको जनाएको छ ।

खगेरी खोलाबाट २ सय मिटर पश्चिमतर्फ नवजागृती वनको संरक्षित वनमा काठ तस्कर गर्दै गर्दा सामुदायीक वनको गस्ती टोली र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तस्कर भएको ठाँउबाट करिब ९० क्यूफिट सालको काठ हराएको नवजागृती सामुदायीक वनका अध्यक्ष पुस्तक गौतमले जानकारी दिए ।

वनमा काठ तस्करको ठुलै जालो फैलिएको भन्दै त्यसलाई निस्तेज पार्न निरन्तर निगरानी गरिरहेको उनले बताए । काठ तस्करीमा संलग्नलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही हुने जिल्ला वन कार्यालय चितवनका निमित्त डिभिजन वन अधिकृत कृष्ण पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार