सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको ३ वटा वडामा महिलाको पाठेघार सम्बन्धी स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ ।
सन्दकपुर गाउँपालिकाको माइमझुवा,माइपोखरी र जमुनाको स्वास्थ्य चौकीमा पाठेघार सम्बन्धी स्वास्थ्य जाँच सम्पन्न भएको हो।
सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र करुणा फाउन्डेसनको सहयोगमा सम्पन्न भएको कार्यक्रम ३ वटा क्षेत्रमा गरिएको स्वास्थ्य जाँचमध्ये जमुनामा धेरै पाठेघरको समस्याबाट पीडित रहेको करुणा फाउन्डेसनकी कर्मचारी तारा दियालिले जानकारी दिइन् ।
जाँच गरिएका एक सय ७९ जना महिलाहरू मध्ये २० जना महिलाहरूलाई पाठेघारको खसेको समस्याबाट पीडित भएको, १ जनालाई पाठेघारको क्यान्सरबाट पीडित भइसकेको पाइएको ६८ जनालाइ भने रेफर गरेको दियालीले नयाँ बुलन्द डटकमलाई जानकारी दिइन् ।
महिलाको पाठेघार सम्बन्धी अभियान लिएर हिडिँरहेकी सगरमाथा आरोही पुर्णीमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।