नेपालगञ्ज : राति हिँड्नेलाई रातभर थुन्ने भएको छ । राति १० बजेपछि काम नभएर यतिकै हिड्नेलाई थुन्न थालिएको हो ।
चोरीका घटना बढ्न थालेपछि थुन्ने अभियान’शुरु गरेको प्रहरीले बताए । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार ‘लागुपदार्थ प्रयोग गरेका ,लामो कपाल पालेका व्यक्ति राति भेटिए थुनामा परेका छन् । उनीहरुलाई रातभरि थुनेर भोलिपल्ट छोड्ने गरेको प्रहरीले जनाए । चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न प्रहरीले तीन टोली परिचालन गरेको बताउँदै अभियान चलाउँदा दैनिक करिब पाँच जना नियन्त्रणमा लिएको प्रहरीले जनाए ।
राति पक्राउ गरेका उनीहरुको लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउछन् । पूनः एक चोटि समातिएको व्यक्ति अर्को पटक परेमा कारवाही गरिनेछ ।