अनाथलयका बालबालिका मेची महोत्सवमा !

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा गत पुष ५ गतेदेखि जारी मेची क्षेत्र पर्यटन महोत्सवमा इलाम सदरमुकामस्थित राहसल बाल अनाथलयका बालबालिकाहरु पनि रमाउने मौका पाएका छन् ।

इलामका युवा समाजसेवीको रुपमा चिरपरिचित सुमन श्रेष्ठले उनीहरुलाई महोत्सवमा रमाउने अवसर जुटाएका हुन् । शनिबार श्रेष्ठले राहसल अनाथलयका १५ जना बालबालिकाहरुलाई महोत्सवमा लागेको रमाइलो मेलाका विभिन्न खेलहरुमा सहभागी गराएका थिए । उनले मेला राखिएको घुम्ने पिङ, मौतका कुवा, रेल, हेलिकोप्टर जस्ता खेलमा आफ्नै खर्चमा बालबालिकाहरुलाई खेल्ने व्यवस्था गरेका हुन् ।

‘इलाममा जारी भएको यत्रो महोत्सवमा अनगिन्ती बालबच्चाहरु अभिभावकहरुसँग रमाएको दृष्य देखेर मलाई औडाहा भयो । मलाई राहसल अनाथलयमा आश्रित बालबालिकाहरुलाई पनि खुसी बनाउने सोच आयो र उनीहरुलाई लिएर महोत्सवमा आए’ समाजसेवी सुमन श्रेष्ठले बताए ।

‘कोलम्बस’ नामक खेल खेल्न बसेकी अनाथलयकी एक बालिकाले सुमन अंकलले हामीलाई महोत्सवमा रमाउने अवसर दिएको र यति ठुलो महोत्सवमा सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार